समाचारबुधबार, पौष १८, २०६९

‘के सत्ता छाड्नु ठिक हो ?’–प्रम भट्टराई (अपडेट)

हिमालखबर

सामाजिक सञ्जाल ट्वीटरमार्फत अंग्रेजीमा ‘इज इट गुड टु स्टेप डाउन ?’ भन्ने जिज्ञासा राखिएको छ । १८ पुस दिउँसो करिब २ बजे @baburamb बाट गरिएको ट्वीट फैलिंदो छ । र, यसमा विभिन्न व्यक्तिहरुको राय आउने क्रम बढ्दो छ ।

यसअघि उनको आधिकारिक वेबसाइट  www.baburambhattarai.com मा राखिएको ‘महिला हिंसाका घट्ना प्रति प्रधानमन्त्री स्तब्ध’ भन्ने सामाग्री २९ डिसेम्बरका दिन प्रमको नामबाट ट्वीट गरिएको देखिन्छ ।

प्रधानमन्त्री भट्टराईले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उक्त ट्वीट गरेको देखिन्छ ।

हिमालखबरले प्रमको नामबाट गरिएको ट्वीटलाई समाचार बनाए लगत्तै प्रमका स्वकीय सचिव विश्वदिप पाण्डेले प्रधानमन्त्रीको नाममा फेसबुक र ट्विटर अकाउण्ट हुँदै नभएको दाबी गर्दै उक्त भनाई प्रधानमन्त्रीको नभएको बताएका छन् ।  उनले हिमालखबरसँग भने, “प्रमको नाममा भएको उक्त ट्वीट नक्कली हो ।”

११ जुलाई २०११ देखि प्रधानमन्त्री भट्टराईका कतिपय आधिकारिक भनाई, दस्तावेजदेखि सूचना, स्वकीय सचिवालयको ठेगाना, फोन नम्बर, इमेलहरु यसै ट्वीटरमार्फत सार्वजनिक भएका छन् । स्वकीय सचिवालयबाट २ जनवरी २०१३ मा मात्र उक्त ट्वीटर अकाउण्ट नक्कली भएको जनाइनुले कतै देशको सर्वोच्च कार्यकारीसँग सम्बन्धित यसअघिका थुप्रै सूचनाहरु समेत नक्कली अकाउण्टबाटै जारी भइरहेको त होइन भन्ने प्रश्न खडा गरिदिएको छ ।  यसले देशको सर्वोच्च कार्यकारीसँग सम्बन्धित सूचना प्रवाह सुरक्षित नरहेको पनि पुष्टी गरेको छ ।

यसैबीच प्रधानमन्त्रीको भनिएको उक्त ट्वीटर अकाउण्ट बन्द (डिएक्टिभ) गरिएको छ । हिमालखबरसँग सचिव पाण्डेको कुरा भए लगत्तै ट्वीटर अकाउण्ट बन्द भएको हो । नक्कली भनिएको ट्वीटरका बारेमा समाचार प्रवाह हुनु लगत्तै बन्द गरिएकोले त्यो साँच्चिकै नक्कली थियो वा थिएन भन्ने शंका उब्जाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>