समाचारबुधबार, पौष १८, २०६९
पूर्वाञ्चल विश्वविद्यालय एक महिनादेखि बन्द
रजिस्ट्रार राजकुमार ठाकुरको अवकाशपछि प्राध्यापक सङ्घ, कर्मचारी सङ्घ र नेविसङ्घले विश्वविद्यालयकै प्राध्यापकहरूबाट रजिस्ट्रार नियुक्ति हुनुपर्ने माग गरेको थिए । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा महेश्वरमान श्रेष्ठले प्राध्यापक र सङ्घको मागलाई बेवास्ता गर्दै रजिस्ट्रारमा प्रा सुरेन्द्र पाण्डेलाई नियुक्ति गरेका छन् ।
दैनिक प्रशासनिक काम पनि ठप्प रहेको विश्वविद्यालयमा कर्मचारी सङ्घले लगाएको ताला हटाइसकेको भए पनि अरु ताला बाँकी नै रहँदा विश्वविद्यालयका तीन आङ्गिक क्याम्पस पनि प्रभावित भएका छन् ।
केही महिनादेखि पूर्वाञ्चल विश्वविद्यालयमा एक पछि अर्को विवाद उत्पत्र भई कामकाज अवरोध भइरहेको छ ।
रासस
