समाचारबुधबार, पौष १८, २०६९
भट्टराई सत्ताकब्जा तर्फ: प्रदीप नेपाल
१८ पुसमा प्रेस चौतारी सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना जनसेनाबाट सत्ता कब्जाको सम्भावना नदेखेर आफू लम्पट भएरै भए पनि नेपाली सेनालाई विश्वासमा लिने रणनीतिमा लागेको आफ्नो विश्लेषण सुनाए ।
प्रधानमन्त्रीले सत्ता छाड्ने कुनै सम्भावना नरहेको, राजनीतिक सहमति क्षीण पार्दै लगिएको र आगामी वैशाखमा चुनाव पनि हुन नसक्ने स्थिति बनिरहेको बताए । नेपाली काँग्रेस वा नेकपा एमालेलाई सत्तामा छिर्न नै नदिने रणनीतिअनुसार एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले विभिन्न समयमा विभिन्न राजनीतिक प्रस्ताव अघि सार्दै आएको नेता नेपालको भनाई थियो ।
प्रतिपक्षी दलहरूले राष्ट्रपतिलाई अघि बढ्न प्रेरित गरे पनि राष्ट्रपतिसँग केही गर्न सक्ने संवैधानिक अधिकार नभएकाले सरकार विस्थापनका लागि आन्दोलन नै गर्नुपर्नेमा नेता नेपालको जोड थियो । रासस
