समाचारबिहीबार, पौष १९, २०६९

झापामा एक युवतीको सामूहिक बलात्कार

रासस

चारजना युवकले एक १९ वर्षीया युवतीलाई बुधबार साँझ जबर्जस्ती नियन्त्रणमा लिइ दमक–९ स्थित चिया बगानमा लगेर सामूहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

उक्त घटनाका आरोपी चारजनामध्ये तीनजनालाई प्रहरीले १९ पुस बिहान ५ बजे पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक–९ बस्नेहरू १७ वर्षीय सचिन भट्टराई, सन्दीप दर्जी र १९ वर्षीय आशीष दर्नाल रहेका छन् । उनीहरूले अपराध स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

बलात्कृत युवतीको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>