समाचारबिहीबार, पौष १९, २०६९

स्वतन्त्र व्यक्तिमा सहमति गर्न एमाओवादीको प्रस्ताव

हिमालखबर

प्रधानमन्त्री बाबुराम भट्टराईले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमतिको सरकार गठन गर्न प्रस्ताव राखेको भोलीपल्ट १९ पुसमा अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष झलनाथ खनालसँग नागरिक समाजका व्यक्तिको नेतृत्वमा सहमति गर्न प्रस्ताव गरेका हुन् ।

१९ पुसमा बबरमहलमा भएको एमाओवादी र एमालेका शीर्ष नेताहरुको छलफलमा राखिएको उक्त प्रस्तावलाई एमालेले भने अस्वीकार गरेको छ । “हामीले स्वतन्त्र व्यक्तिको नेतृत्वमा सहमति गर्न प्रस्ताव गर्‍यौं  तर, उहाँहरुले मान्नु भएन,” एमाओवादी नेता अमिक शेरचनले जानकारी दिए । शेरचनले २० पुसमा बैठक बसेर फेरि छलफल गरिने पनि बताए ।

यसअघि १८ पुसमा बसेको नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त बैठकले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्ने आफ्नो पूर्ववत अडान यथावत नै रहने निर्णय गरेको थियो । राजनीतिक दल बाहिर व्यक्तिलाई प्रधानमन्त्री बनाउनु दलहरुलाई अक्षम देखाई मुलुकमा निरंकुशता लाद्ने बाहना भएको उनीहरुको ठहर छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>