समाचारबिहीबार, पौष १९, २०६९
सिन्धुली सदरमुकाममा कर्फ्यु आदेश जारी
सदरमुकामको कमलामाई नगर क्षेत्र भित्र शान्ति सुरक्षा कायम राख्न कर्फ्यु आदेश जारी गरिएको प्रजिअ केशवराज आचार्यले बताए । मृतकका आफन्त तथा स्थानीयले शान्ति सुरक्षा नभएको भन्दै जिल्ला प्रशासन कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेपछि कर्फ्यु जारी गरिएको हो ।
जिल्ला कारागामा रहेका कैदी, वन्दीहरुबीच बुधबार मध्यराति झडप हुँदा गम्भीर घाइते निरज देवकोटाको उपचारका क्रममा काठमाडौं शिक्षण अस्पतालमा १९ पुसमा मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा परी अन्य सातजना कैदी समेत घाइते भएका छन् । नेपाली कांग्रेसले मृतक निरज देवकोटाको तरुण दलका कार्यकर्ता भएको जनाएको छ । १९ पुस साँझ नेपली कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा प्रशासनको मिलोमतोमा बाहिरबाट गएका आपराधिक समूहले देवकोटालाई जेलभित्रै मरणासन्न हुने गरी कुटपिट गरेको बताइएको छ ।
