समाचारशुक्रबार, पौष २०, २०६९
थानकोटमा यौन दुर्व्यबहारबिरुद्ध प्रदर्शन
दोषीलाई कारवाहीको माग गर्दै केही बेर सवारी आवागमन रोकेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र स्थानीयबासिन्दाबीच केही बेर झडप पनि भएको थियो । २४ जनाभन्दा धेरै प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
१९ पुस साँझ स्थानीय ६ वर्षीया बालिकालाई एक युवकले यौन दुव्र्यवहार गरेका थिए । बालिकाको कान्त्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच देशैभरी भएको हिसांका घटनामा संलग्नहरुलाई कारवाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले राजधानीमा आन्दोलन जारी राखेका छन् ।
