समाचारशुक्रबार, पौष २०, २०६९
स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार बन्न नसक्ने एमालेको निष्कर्ष
२० पुसमा बसेको स्थायी समितिको बैठकले राजनीतिक सहमतिकै आधारमा सहमतीय सरकारको नेतृत्व गर्ने विषयमा टुङ्गो लगाउनुपर्ने निर्णय गरेको छ । एमालेले यसअघि प्रतिपक्षी दलहरूको साझा उम्मेद्वारको रूपमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई दिइएको समर्थन यथावत् रहेको पनि जनाएको छ ।
यसैगरी २५ पुसमा देशव्यापी रूपमा महिला हिंसाको विरोधमा प्रदर्शन गर्ने र सरकारले विभिन्न विषयमा गरेको निर्णयहरूप्रति आपत्ति जनाउँदै त्यसको विरोधमा सङ्गठन परिचालन गरी विरोध जनाउने पनि एमालेले निर्णय गरेको सचिव शङ्कर पोख्रेलले जानकारी दिए ।
यसैबीच राजनीतिक सहमति र सहमतीय सरकार गठनबारे छलफल गर्न आज दिउँसो ४ बजेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेको बैठक एमाले केन्द्रीय कार्यालय बल्खुमा बस्दै छ ।
