समाचारशुक्रबार, पौष २०, २०६९

घरजग्गा ब्यबसायी बस्नेत पक्राउ

हिमालखबर

बस्नेतले कोहिनुर हाउजिङ, ओरियन्टल विल्डर्स, इष्टर्न अपार्टमेन्ट लगायतका हाउजिङ परियोजना सञ्चालन गरेका थिए । ३/४ बर्ष अघि नै ग्राहकबाट पैसा उठाए पनि कतिपय अपार्टमेन्ट उनले निमार्ण शुरु  नै गरेका  छैनन् । त्यस्तै निर्माण भइसकेका  अपार्टमेन्टहरुको पनि  ब्याङ्कमा धितो राखेर ऋण लिएकाले खरिद गर्नेले लालपुर्जा पाउन सकेका छैनन् । बस्नेतले बिभिन्न ब्याङ्कबाट  ४ अर्ब भन्दा बढी ऋण लिएका छन् । उनले ६ महिनादेखि ब्याङ्कको ब्याज समेत नतिरेको एक ब्याङ्करले जानकारी दिए । घरजग्गा व्यवसायका कारण बस्नेत समस्यामा परेपछि उनले सञ्चालन गरेको अग्नी एयर समेत गत असोज देखि ग्राउन्डेड भएको छ ।

महानगरीय प्रहरीका एक उच्च अधिकारीले हिमालखबरलाई दिएको जानकारी अनुसार बस्नेतलाई महानगरीय प्रहरी परिसर हनुमान ढोकाको टोलीले २० पुस दिउँसो पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>