समाचारशनिबार, पौष २१, २०६९
फेरि पाँच दिन समय थप्न माग
२१ पुस विहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका नेताहरुले २५ पुसभित्र जसरी पनि सहमति जुटाउने भन्दै म्याद थपको माग गरेका हुन् ।
पटक पटक दिइएको समयसीमाभित्र पनि दलहरूबीच सहमति जुट्न नसकेपछि राष्ट्रपतिले चार राजनीतिक शक्तिका मुख्य नेताहरूलाई छलफलका लागि बोलाएका थिए । पुस २५ गतेभित्रमा जसरी पनि सहमति जुटाउने नेताहरूले प्रतिवद्धता जनाएका छन् ।
