समाचारशनिबार, पौष २१, २०६९
काठमाडौंमा भुकम्प आउँदा जाने ८३ ठाउँ
विद्यालय, क्याम्पस, पार्क, मन्दिर, बगैंचा, सरकारी कार्यालय, जंगल, सडक आदि गरी ८३ क्षेत्र पहिचान गरिएको हो । मन्त्रिपरिषदबाट अनुमोदन हुन बाँकी रहेको खुल्ला क्षेत्रसम्बन्धी प्रस्तावमाथि आर्थिक तथा पूर्वाधार विकास समितिमा छलफल भईरहेको छ । गृह मन्त्रालयअन्तर्गतको विपद व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मीप्रसाद ढकाल खुल्ला क्षेत्रमा सरकारको अनुमति विना कुनै पनि किसिमको पूर्वाधार निर्माण गर्न नपाइने बताउँछन् ।
काठमाडौंमा पहिचान गरिएका खुल्ला क्षेत्रमा टुँडीखेल, पशुपति क्षेत्र, भण्डारखाल बगैंचा, शंख पार्क, राष्ट्रिय सभागृह, भृकुटी मण्डप, बाल्मीकी क्याम्पस, पद्यमकन्या क्याम्पस, प्रज्ञा प्रतिष्ठान, समाज कल्याण परिषद्, ध्रुवस्थली जंगल, पर्ति जंगल, धावन मार्ग, श्लेशमान्तक वन, नाग पोखरी, बालमन्दिर, नागरिक उडड्यन, गल्फ क्लब, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, ट्र्याक बाटो, चक्रपथ रिङरोड र रिङ रोड रहेका छन् ।
यसैगरी बाटो ग्रीन बेल्ट, चक्रपथ सडक, मलपानी(आवाद लायक), सिफल चौर, मोर्डन इन्डियन स्कूल चोभार, मावि कुलेश्वर बागमती बगर, नेपाल मानव धर्म सेवा समिति, कृष्णमावि दहचोक, नारायण पोखरेल स्मृति प्रतिष्ठान, शुलक्षण किर्तिपुर विहार, नेपाल राष्ट्रिय जातीय संग्राहलय, महानगरिय ट्रफिक प्रहरी प्रभाग कलंकी, त्रिभुवन विश्व विद्यालय र हिमाल सिमेन्त कम्पनी चोभार पनि खुल्ला क्षेत्र घोषणा हुने भएको छ ।
भक्तपुरमा रहेका खुल्ला क्षेत्रहरूमा सल्लाघारी तिनकुने, टौमढी, तालाको, भेलेखेल, नासभना, भक्तपुर दरबार स्क्वार, पदम मा.वि, विद्यार्थी निकेतन, दतात्रय स्क्वार, सरस्वती विद्यागृह, सूर्यमाडी, रुप कलेज, बासु विद्यालय, रुप इन्जिनियरिङ्गकलेज(लिवाली), भक्तपुर वहुमुखी क्याम्पस, आदर्श आजाद उच्च मा.वि, वीरेन्द्र सैनिक विद्यालय र ताथलीस्थित महेश्वरी फूटवल खेल मैदान रहेका छन् ।
यसैगरी ललितपुरमा चक्रपथ, नेपाल खानेपानी संस्थानको स्वामित्वमा रहेको मलपार्क, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान, तिब्बेतियन शरणार्थी शिविर, लगनखेल स्तुपा एरिया, गोकुल चौर, सेन्टजेबियर स्कुल, जावलाखेल मैदान, सेन्ट मेरिज स्कूल, पाटन संयुक्त क्याम्पस, लगनखेल फुटबल मैदान, एन्फा फुटबल मैदान(ललितपुर–६), एन्फा फुटबल मैदान(ललितपुर–९),ललितपुर उमहानगरपालिका कार्यालय, मदन स्मारक स्कूल, नेपाल राजकिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, वागमतिबगर, यु.एन.पार्क, कृषि अनुसन्धान केन्द्र खुमलटार, नेपाल कृषि अनुसन्धान परिषद्, कृषि विभाग अन्तर्गत(प्याथोलिकल) र तरकारी विकास महाशाखालाई खुल्ला क्षेत्रको रुपमा पहिचान गरिएका छ ।
सन्त गाहा मगर र मीना शर्मा
