समाचारशनिबार, पौष २१, २०६९

जर्ज बुश र युनिभर्सल जुरिसडिक्सन

हिमालखबर

जेनेभामा आयोजित एक कार्यक्रममा ‘स्वतन्त्रता’ सम्बन्धी बक्तव्य दिनका लागि १२ फेब्रुअरी २०११ मा स्वीट्जरल्याण्ड जाने कार्यक्रम बनाएका बुसलाई केही मानवअधिकारवादी संस्थाहरुले यातना विरुद्धको महासन्धी अन्तर्गत स्वीटजरल्याण्ड सरकारले वारेन्ट जारी गर्नु पर्ने माग गरेका थिए । त्यस्तो माग गर्नेमध्ये एक संस्था अमेरिकाको न्युयोर्ककै ‘सेन्टर फर कन्स्टिच्यूसनल राइट्स’ पनि थियो ।

यद्दपी त्यति बेला स्वीस न्यायमन्त्रालयले बुस यातनामा प्रत्यक्ष संलग्न नभएको र उनी आफ्नै कार्यालयमा रहेका बेला यातना दिइएको हुँदा उनले उन्मुक्ति पाउने जिकिर गरेको थियो । तर, मानवअधिकारवादी संस्थाहरुले जेनेभा महासन्धीको हस्ताक्षरकर्ता भएको नाताले स्वीटजरल्याण्डले बुशलाई त्यस्तो उन्मुक्ति दिन नमिल्ने अडान कायमै राखे । त्यसपछि बुसले आफूलाई स्वीटजरल्याण्डमा परिक्षण गर्नुभन्दा उक्त भ्रमण नै रद्द गर्नु श्रेयस्कर ठाने । उनी जेनेभा गएनन् । उनीमाथि अलकायदा र तालिबानी युद्धबन्दीहरुलाई यातना दिन निर्देशन दिएको आरोप लगाइएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>