समाचारशनिबार, पौष २१, २०६९

कर्णेल पक्राउमा कांग्रेसको आपत्ति

हिमालखबर

२१ पुसमा नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै महासेनानी लामालाई प्रमाणित आधार र कुनै सूचना विना तथाकथित यातना दिएको भनी गरिएको गिरफ्तारी स्वतन्त्र र सार्वाभौमसत्ता सम्पन्न मुलुकलाई स्वीकार्य हुन सक्दैन भनिएको छ । “वर्तमान सरकारको प्रजातन्त्र र मानवअधिकार प्रतिको दोहोरो मापदण्ड र ढुलमुले नीतिका कारण अन्तर्राष्ट्रिय समुदायमा मुलुकको मानवअधिकार प्रतिको प्रतिवद्धतामा गम्भीर प्रश्न खडा हुन गएको छ ।” विज्ञप्तिमा उल्लेख छ, “प्रजातन्त्र र मानवअधिकार प्रतिको सरकारको दोहोरो मापदण्डबाट मुलुकको प्रतिष्ठा र विश्वसनीयतामा समेत आघात पुगेको छ ।”

विगतको द्वन्दकालमा भएका मानवअधिकार हनन्का घटनाहरुको न्यायपूर्ण सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नेपालमा प्रजातान्त्रिक संस्थाहरु सुदृढ गर्ने कार्यमा सद्भाव, सहयोग र समर्थन प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायसँग नेपाली कांग्रेसले विज्ञप्तिमार्फत अपील पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>