समाचारआइतबार, पौष २२, २०६९

‘स्वविवेक प्रयोग गरेर प्रधानमन्त्रीलाई हटाऊ’

हिमालखबर

मुलुक बचाउन राष्ट्रपतिले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले अन्तरिम संविधानका धारामा टेकेर होइन मुलुकको दिर्घकालिन हित र स्वविवेक प्रयोग गरेर नयाँ प्रधानमन्त्री तोक्न राष्ट्रपतिलाई सुझाव दिए । महतले भने, “अहिले संविधानमा खोजेर केही पाइँदैन, निर्वाचन गर्न पनि संविधानले दिँदैन ।”

२२ पुसमा गुल्मीको तम्घासमा पत्रकारसंग उनले भने, “राष्ट्रपति महोदयलाई मेरो सुझाव के भने संविधान होईन स्वविवेक प्रयोग गरेर प्रधानमन्त्रीलाई हटाउनुस र नयाँ प्रधानमन्त्री बनाउनुस ।”

सरकारले माथिल्लो त्रिशुली जलविद्युत आयोजनाको क्षमता बढाउने नाममा अरबौंको आर्थिक अपराध गरेको दाबी गर्दै नेता महतले यही अभियोगमा प्रधामन्त्रीलाई हटाउन सकिने पनि तर्क गरे । उनले थपे, “सरकारले माथिल्लो त्रिशुलीको क्षमता बढाउने नाममा दुई अर्ब रुपैयाँ रुपैयाँ ठेकेदारसँग बाट कमिसन लिनेगरी ४ अर्ब रुपैयाँ दिने निर्णय गरेको छ, यत्रो ठूलो सत्ताको दुरुयोग अहिलेसम्म नेपालका इतिहासमा कहिलेपनि भएको थिएन ।”

सहमतिको मुख्य बाधक प्रधानमन्त्री भट्टराई नै भएको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले सत्तामा रहेर देशमा लुट मच्चाउन पाएकाले सहमति नचाहेको समेत आरोप लगाएका थिए ।

गगनशिला खड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>