समाचारआइतबार, पौष २२, २०६९

पत्रकार डेकेन्द्रलाई ज्यूँदै गाडेको खुलासा

हिमालखबर

थापाको हत्या अभियोगमा २१ पुसमा पक्राउ परेका अभियुक्त लक्षीराम घर्तीले प्रहरी र सरकारी वकिलसमक्ष थापालाई चरम यातना दिंदा पनि मृत्यु नभएपछि खाल्डो खनेर ज्यूँदै गाडिएको बताएका छन् । ”नाडी सुस्त चलेपछि गाड्न मैंले नै खाल्डो खनें, नौ जनाले गाडेका हौं,” घर्तीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । पत्रकार थापालाई तत्कालिन माओवादीले २०६१ असार १२ गते नियन्त्रणमा लिई ४५ दिनपछि साउन २७ मा हत्या गरेको थियो।

द्वारी गाविस–१ का ४५ बर्षीय घर्तीले सरकारी वकिल डम्बर काफ्लेसमक्ष भने, “द्वारीमै बसेको जिल्ला हेडक्वार्टरको नीति बमोजिम कुटपिट गरी बेहोस बनाएपछि गाडेका हौं ।” घटना अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक विनोद शर्माले पक्राउ परेकालाई थप अनुसन्धानका लागि ५ दिन म्याद थपिएको जनाए ।

हत्याको चार वर्षपछि पत्रकार महासंघ, राष्ट्रिय मानवअधिकार आयोगले थापाको चिहान उत्खनन् गरेपछि परिवारले कंकालको दाहसंस्कार गरेका थिए । थापा परिवारले हत्याराहरुमाथि कार्वाहीको माग गर्दै ५ भदौ २०६५ मा प्रहरी कार्यालय दैलेखमा जाहेरी दर्ता गराएका थिए । तर, ४ बर्षसम्म प्रहरीले अनुसन्धान अगाडि नबढाएपछि नेपाल पत्रकार महासंघको सक्रियता तथा एड्भोकेसी फोरमको कानूनी सहयोगमा पत्रकार थापाकी श्रीमती लक्ष्मीले २७ मंसीरमा पुनरावेदन अदालत सुर्खेतमा रिट समेत दायर गरेकी थिइन् । २१ पुस २०६९ मा प्रहरीले थापा हत्याको अभियोगमा ५ जनालाई गिरफ्तार गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>