समाचारसोमबार, पौष २३, २०६९
रुकुममा झडप, पूर्वराज्यमन्त्री घाइते
कांग्रेस दुली गाउँ कार्यसमिति सभापति कविराम खत्रीको हत्या विरोधमा २३ पुस बिहान भएको प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री गोपालजीजङ्ग शाह, जिल्ला सभापति मानबहादुर नेपाली, नेपाल तरुण दल अध्यक्ष नन्द विष्ट, जिल्ला कार्यसमिति सदस्य खडक डाँगीलगायत बाह्रभन्दा बढी काँग्रेस कार्यकर्र्ता घाइते भएका छन् ।
अहिले सदरमुकाम खलङ्गाको स्थिति तनावग्रस्त बनेको छ ।
