समाचारमंगलबार, पौष २४, २०६९
जहाज नउडदा गृहमन्त्री सडकबाटै
विराटनगरबाट काठमाडौंका लागि हुने हवाई उडान दुई दिनदेखि अवरुद्ध भएपछि यात्रुबहाक बसमा चाप बढेको छ । बसमा सीटको अभाव भएकाले यात्रीले समस्या खेप्नु परेको हो । मन्त्री गच्छदारलाई प्रहरीले स्कर्टीङ गरेर काठमाडौ तर्फ लगेको छ । पूर्वाञ्चलका डीआईजी पर्शुराम खत्रीका अनुसार, मन्त्री गच्छदार राति बाराको पिलुवास्थित सशस्त्र प्रहरीको कार्यालयमा बास बसेका थिए ।
यस्तै नेपाल पत्रकार महासंघ केन्द्रका पूर्व अध्यक्ष धर्मेन्द्र झापनि जहाज उड्न नसकेपछि बसमै काठमाडौ तर्फ लागेका छन् । झालाई विराटनगरबाट बसको सीट उपलब्ध नभएकाले इटहरीका लागि छुट्याइएको सीटमा पठाइएको स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय सदस्य किशोर धमलाले बताए । जाहाज नउडेपछि एक दिन कुरेर पूर्वसभासद लालबाबु पण्डितपनि बसमै काठमाडौ तर्फ लागेका छन् । साथीले सस्तो शुल्कको टिकट काटीदिएको भएपनि जाहाज नउडेकाले बसमा जानु परेको पण्डितले बताए ।
जहाज नउडेकाले बसमा यात्रीको भिडभाड हुन थालेको छ । नेपाल दिवा तथा रात्री बस ब्यवसायी संघका बरिष्ठ उपाध्यक्ष सुर्यमान बज्राचार्यका अनुसार, विराटनगरबाट सोमबार काठमाडौ गएका १४ वटा बस सबै भरिएका थिए ।
बुद्ध एयरका शाखा प्रवन्धक गिरीराज बस्नेतका अनुसार, भिजिविलिटी कमी भएकाले कुनैपनि जाहाज उड्न नसकेका हुन् । १५ सय मिटर परबाट हेर्न सकिने अवस्था भएमात्रै जाहाज उहाडन सकिने बताउदै बस्नेतले १२ सय मिटर भन्दा बढ्न नसकेकाले उडान रद्ध गर्नु परेको जानकारी दिए । काठमाडौ र पूर्वी पहाडी जिल्लाका लागि उड्ने बुद्ध एयरका छ, यति एयरका चार र नेपाल वायु सेवा निगमका तीन वटा उडान दुई दिनदेखि हुने नसकेको उनले बताए ।
यस्तै अत्याधिक जाडोका कारण विराटनगरका केही निजी विद्यालयहरुपनि बन्द हुने भएका छन् । प्याब्सन मोरङले परीक्षा नभएका विद्यालयहरुलाई केही दिनका लागि बन्द गर्न आह्वान गरेको छ ।
कमल रिमाल, विराटनगर

