समाचारबुधबार, पौष २५, २०६९

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध महासंघले प्रदर्शन गर्दै

हिमालखबर

नेपाल पत्रकार महासंघले मुलुकको कार्यकारी प्रमुखबाट आएको अभिव्यक्ति अशोभनीय भएको ठहर गरेको छ । महासंघको २५ पुसमा बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको अभिव्यक्ति तथा उनकै निर्देशनमा अनुसन्धान प्रक्रिया रोकिएको भन्दै हत्याको छानविन प्रक्रिया निष्पक्ष हुनुपर्ने समेत माग गरेको छ ।

महासंघले प्रधानमन्त्री भट्टराईलाई भेटेर उनको अभिव्यक्तिप्रति आपत्ति जनाउने पनि निर्णय गरेको छ । २४ पुसमा प्रधानमन्त्री भट्टराईले पत्रकार डेकेन्द्र हत्या प्रकरणमा माओवादी कार्यकर्ता पक्राउ पर्नुलाई शान्ति प्रक्रिया विथोल्ने षडयन्त्र भन्दै आक्रोश व्यक्त गरेक थिए ।

यसैबीच पत्रकार हत्या प्रकरणमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर दैलेखमा व्यापक प्रदर्शन भइरहेको खबर आएको छ भने सप्तरीका पत्रकारहरुले पनि विरोध सभा र र्‍याली गरेका छन् । पत्रकारसम्बद्ध संस्थाहरु नेपाल प्रेस युनियन, प्रेस चौतारी, मधेशी पत्रकार समाजलगायतले पनि प्रधानमन्त्रीको अभिव्यक्ति र अनुसन्धान प्रक्रिया प्रभावित भएकोमा विरोध जनाएका छन् । उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै आन्दोलनमा उत्रने जनाएका छन् ।

प्रेस यूनियनका अध्यक्ष् किरण पोखरेलले जारी गरेको वक्तव्यमा कुनै पनि अपराधमा संलग्नहरुले शान्ति प्रक्रियाको नाउँमा उन्मुक्ति पाउन नहुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>