समाचारबुधबार, पौष २५, २०६९
अब निर्णयक वार्ता हुनेछः दाहाल
सिरहाको बडहरामालामा २५ पुसमा कम्युनिष्ट अगुवा जयगोबिन्द साहको शालिक अनावरणपछि आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै उनले नयाँ निर्वाचनमा सहमतिका लागि अन्तिम पटक प्रयास गरिने बताए । उनले भने, “हामी सबै बिकल्पमा तयार हुँदाहुँदै पनि बिपक्षी दलहरु आफ्नै धुनमा व्यस्त छन्, २६ गते हुने मुख्य दलहरुको बैठकमा चुनावमा जाने सहमति नभए संबिधानसभा पुनःस्थापित गर्नतर्फ नै हामी अगाडि बढ्छौ ।”
सहमति र सहकार्यबाटै मुलुकले निकास पाओस् भन्ने आफूले चाहेको दाबी गर्दै उनले आफ्नो दल सबै बिकल्पमा तयार भएको जिकिर गरेका थिए ।
श्रवणकुमार देव, सप्तरी
