समाचारबुधबार, पौष २५, २०६९
देश गम्भीर संकटमा छः बैद्य
२५ पुसदेखि काठमाडौंमा शुरु महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष मोहन वैद्यले मुलुकको राष्ट्रियता र सार्वभौमसत्ता खतरामा परेको औँल्याउँदै उनले विदेशी शासकहरुले नेपालको स्वाभिमानमाथि गिद्देदृष्टि लगाएको आरोप लगाए । उनले एकीकृत नेकपा माओवादीको ‘नवसंशोधनवादी र राष्ट्रिय आत्मसर्मपणवादी नेतृत्वले क्रान्तिलाई धोका दिएपछि’ आफूहरुले उनीहरुसँग सम्बन्धविच्छेद गरेर नयाँ पार्टी खोल्नुपरेको दाबी गरे ।
समारोहलाई सम्बोधन गर्दै महासचिव रामबहादुर थापाले नेपालमा गणतन्त्र आए पनि दलालतन्त्र, भ्रष्टतन्त्र, कमिसनतन्त्र र डनतन्त्रको विकास भएको भन्दै आफूहरु जनताको गणतन्त्र स्थापना गर्न लागिपरेको बताए । २६ पुसदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने महाधिवेशनको बन्दसत्रबाट पार्टीको नयाँ नेतृत्व र कार्यनीति चयन हुने उक्त पार्टीले जनाएको छ ।
