समाचारबिहीबार, पौष २६, २०६९

मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने

हिमालखबर

पत्रकार थापाको हत्याका आरोपीहरुमाथिको कारबाही प्रक्रिया अघि नबढाउन प्रधानमन्त्रीले दबाव दिएको भन्दै माइतीघर मण्डलामा प्रेस चौतारी नेपालले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष गाउँलेले प्रधानमन्त्री बाबुराम भट्टराईका अभिव्यक्तिका कारण सो मुद्दा अदालतमा पुग्न ढिलाइ भएको दाबी गरे । उनले भने, “यो सरकारले पहरोसँग कुहिनो ठोक्काउने प्रयास गर्दैछ । ”

आफूहरु प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै पनि नझुक्ने जनाउँदै पत्रकारका हत्यारालाई देशभित्रबाट कानुनी कारबाही नभए अन्तर्राष्ट्रिय अदालतमा सो मुद्दालाई लैजाने तयारीमा रहेको उनले चेतावनी दिए । कार्यक्रममा पत्रकारहरुले मुखमा कालोपट्टी बाँधेर एक घण्टा प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>