समाचारआइतबार, पौष २९, २०६९

नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी

हिमालखबर

बैठकमा अध्यक्ष झलनाथ खनालको तत्काल नयाँ सरकार गठन, २ सय ४० निर्वाचन क्षेत्र रहने गरी संविधानसभाको निर्वाचन, राष्ट्रपतिको कदममा समर्थनलगाएत विषय समेटिएको राजनीतिक प्रतिवेदन पारित गर्ने जनाइएको छ ।

मंसिरको अन्तिम साताबाट सुरु भएको केन्द्रीय समिति बैठकमा पेस भएको अध्यक्ष खनालको राजनीतिक प्रतिवेदनमा स्वेच्छाचारिता र सर्वसत्तावादको खतरा रहेको भन्दै आन्दोलनमा जानुपर्ने निचोड पनि निकालिएको छ । आजै बैठकमा विधान संसोधन सम्बन्धि मस्यौदा पेस गरिने एमाले सचिव युवराज ज्ञवालीले जानकारी दिए । माघ महिनाको अन्त्यमा गरिने प्रतिनिधि परिषदको बैठकमा पेस गरिने विधान संसोधन मस्यौदालाई पारित गर्न बैठकमा पेस गर्न लागिएको हो ।

महासचिव इश्वर पोखरेलले पेस गर्ने मस्यौदामा संगठनात्मक संरचना, एमालेको मार्गदर्शन सिद्धान्तको परिवर्तनलगायतका विषय समेटिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>