समाचारसोमबार, माघ १, २०६९
हत्यारालाई कार्वाही हुनुपर्छ: उपराष्ट्रपति
ने
पाल पत्रकार महासङ्घ सिरहा शाखाले १ माघमा लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपराष्ट्रपति झाले प्रधानमन्त्रीले हत्याराको बचाउ गर्नु नहुने भन्दै थपे, “प्रधानमन्त्रीले महान्यायाधीवक्ता नियुक्ति गर्ने भएकाले उहाँले नै बचाउ गर्नुभएको छ ।” सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नभइसकेकाले वर्तमान कानूनमै टेकेर हत्यारा विरुद्ध कारवाही अगाडि बढाउनुपर्ने उनको भनाई थियो ।
त्यस्तै झाले राष्ट्रपति र दलहरुबीच संवाद सक्रियरुपमा जारी रहेकाले चाँडै सहमति हुने विश्वास व्यक्त गरेका छन् । उनले भने, “भोलि सहमति नहुने अवस्था आए पनि केही दिनभित्रै राजनीतिक निकास निस्किन्छ ।”
राष्ट्रपतिसँग म्याद थप्नुपर्ने बाध्यता भएको भन्दै उपराष्ट्रपति झाले अगाडि भने, “म्याद माग्दामाग्दै दलहरु आफैं थाक्छन् र अन्तमा दलहरु लाज मानेर आफैं सहमति गर्न बाध्य हुनेछन् ।”
