समाचारबुधबार, माघ ३, २०६९

नेकपा एमाले स्थायी कमिटी बैठक जारी

हिमालखबर

२९ पुसमा केन्द्रीय कमिटीको बैठकमा पेस भएको विधान संसोधन सम्बन्धी मस्यौदामाथि अहिले जारी स्थायी कमिटीको बैठकमा छलफल भइरहेको छ । राजधानीको गोकर्णमा रहेको एक होटलमा भइरहेको छलफलमा केही हप्तामा शुरु हुने पार्टीको प्रतिनिधि परिषदको बैठकमा पेस गर्ने विधान संसोधनको मस्यौदामा छलफल भइरहेको हो ।

महासचिव ईश्वर पोखरेलले पेस गरेको विधान संसोधन सम्बन्धी मस्यौदामा स्थायी कमिटीमा छलफल भएपछि फेरि केन्द्रीय कमिटीमा लगिनेछ । मस्यौदामा संगठनात्मक संरचना, एमालेको मार्गदर्शन सिद्धान्तको परिवर्तन लगायतका विषय समेटिएका छन् ।

त्यस्तै आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र एमालेको भूमिकाका विषयमा पनि छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>