समाचारबुधबार, माघ ३, २०६९
सिंहदरबार अगाडि न्याय माग
‘डेकेन्द्र थापालाई न्याय देउ, दण्डहीनता अन्त्य गर र कानूनी शासन कायम गर’ भन्ने नारा लगाउँदै नागरिक अगुवाहरूले ३ माघमा सिंहदरबार दक्षिण गेट अगाडि धर्ना दिएका हुन । उनीहरुले थापा हत्याको न्यायिक छानविन रोक्न सरकारले गरेको अवरोधको तीव्र आलोचना गर्दै हत्या अनुसन्धान रोक्न लिखित निर्देशन दिएका महान्यायधिवक्ता मुक्ति प्रधानले नैतिकताको आधारमा तुरुन्त राजिनामा दिनुपर्ने माग गरे । सहभागीहरुले कानूनी शासन बहाल नहुन्जेल सडकबाट फिर्ता नहुने प्रतिबद्घता समेत जनाएका छन् ।
धर्नामा डा. केदारनरसिंह के.सी., डा. सुन्दरमणि दिक्षित, प्रा.डा. वीरेन्द्र मिश्र, डा. पूर्णकान्त अधिकारी, डा. दिनेश भट्टराई, डा. चोपलाल भुसाल, चरण प्रसाईं, शर्मीला कार्की, हरिहर विरही, युवराज घिमिरे, शिव गाउले, सुदीप पाठक, किरण पोखरेल, कनकमणि दिक्षित, सुबोध प्याकुरेल, हरिदर्शन श्रेष्ठ, प्रताप पौडेललगायत प्राध्यापक, चिकित्सक, इन्जिनियर, कानूनविद, पत्रकार, मानवअधिकारवादीहरू सहभागी थिए ।

