समाचारबिहीबार, माघ ४, २०६९

राजविराजमा भीषण आगलागी

हिमालखबर

बिहान ३ बजेतिर सल्केको आगोले राजविराज १ स्थित हटियाका तीन दर्जनभन्दा बढी पसलहरु जलेर नष्ट भएका छन् । एउटा फलफूल पसलबाट सल्केको आगोले किराना, होटेल, तरकारीसहितका पसलहरु जलेर नष्ट भएका हुन् । आगो कसरी लागेको हो भन्ने बारेमा स्पष्ट खुल्न नसकेको  जिल्ला प्रहरी प्रमुख सञ्जयसिंह बस्नेतले जानकारी दिए ।

व्यापारीहरु पसल बन्द गरेर सुत्न घर गएको अवस्थामा भएको आगलागीले कुनै पनि सामान बचाउन नसकिएको व्यापारीहरुले बताएका छन् । आगलागीको क्षतिको यकिन हुन नसकेपनि दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

राजविराजसहित लहानबाट आएको बारुण यन्त्र, स्थानीय बासिन्दा, सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाले आगोलाई करिब अढाई घण्टापछि नियन्त्रणमा लिएका थिए ।

श्रवणकुमार देव, सप्तरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>