समाचारबिहीबार, माघ ४, २०६९

छानविन समितिको प्रतिवेदन जलाइयो

हिमालखबर

महिला हिंसाका पीडितलाई न्याय र पीडकलाई कार्वाहीको माग गर्दै २१ दिनदेखि प्रधानमन्त्री निवास अगाडि बालुवटारमा धर्ना दिदै आएका अधिकारकर्मीलगायत अगुवा नागरिकहरुले समितिले ३ माघमो सरकारलाई बुझाएको प्रतिवेदन एकतर्फी र अपराधीलाई बचाउने खालको भएको भन्दै जलाएको अधिकारकर्मी रेणु राजभण्डारीले जानकारी दिईन् । समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनले पिडितलाई न्याय दिनै नसक्ने भन्दै छानविन समितिबाट राजिनामा दिएकी राजभण्डारीले समयमा उजुरी नलिने प्रहरीलाई मात्र होईन मथिल्लो निकायका कर्मचारीलाई पनि कार्वाहीको दायरामा ल्याउनु पर्ने कुरा प्रतिवेदनमा राख्न माग गरेकी दिईन् ।

बर्दियाकी शिबा हासमी, बाराकी बिन्दु ठाकुर, धादिङ्की सरस्वती सुवेदी र काठमाडौ‌की छोरीमैयाँ महर्जनको घटनाको छानविनमा प्रहरीको लापर्वाही देखिएको र यसका लागि मथिल्लो निकायका कर्मचारी पनि जिम्मेवार रहेकाले उनिहरुलाई कार्वाही गर्नुपर्ने कुरा प्रतिवेदनमा उल्लेख गर्न माग गरिए पनि अन्य सदस्यले त्यसो गर्न नसकिने भनेपछि आफूले राजिनामा दिएको राजभण्डारीको भनाई छ । अध्यागमन कार्यलयका महानिर्देशक, निर्देशकलाई निलम्वन गरी कार्वाही अगाडी बढाउन पर्नेमा पनि उनले जोड दिएकी छन् ।

हरेक दिन बिहान २ घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि दिदै आएको धर्ना माग पुरा नहुञ्जेल जारी रहने अधिकारकर्मीले बताएका छन् ।

मीना शर्मा, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>