समाचारबिहीबार, माघ ४, २०६९

‘मुक्तिनाथ अधिकारीका हत्यारालाई कार्वाही गर’

हिमालखबर

तत्कालिन माओवादीले शिक्षक मुक्तिनाथ अधिकारीको हत्या गरेको ११ वर्ष पुगिसकेको छ । दोषिले अझै सजाय पाएका छैनन् ।

हिंसात्मक द्वन्द्वका बेला ३ माघ २०५८ मा लमजुङको चन्दे्रश्वर गाविस– ७ स्थित पाणिनी संस्कृत माध्यमिक विद्यालयका शिक्षक मुक्तिनाथ अधिकारीलाई चन्दा नदिएको निहुँमा तत्कालिन माओवादीले हत्या गरेको थियो । सोही दिन पारेर ३ माघमा आयोजित अधिकारीको ११ औँ स्मृति दिवसमा वक्ताहरुले अहिले पनि मुक्तिनाथका हत्यारा समाजमा शिर ठाडो पारेर हिँड्नु विडम्बनापूर्ण भन्दै कारबाहीको माग गरेका छन् ।

शिक्षक अधिकारीकी श्रीमती ईन्दिरा अधिकारीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए पनि अहिलेसम्म आरोपी कसैलाई पनि प्रहरीले पक्राउ गर्न नसकेको गुनासो गरिन् । अधिकारीको हत्यामा संलग्न भएको भन्दै इन्दिराले २४ चैत २०६७ मा तत्कालिन माओवादीका कार्यकर्ताहरु जिता गाविस– ५ का प्रताप भनिने देवेन्द्र पौडेल, ईशानेश्वर–४ का प्रभु भनिने साधुराम घिमिरे र कास्की मिजुरे– ५ का ध्रुव अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यलय बेशिसहरमा किटानी जाहेरी दिएकी थिइन् ।

माओवादीले विद्यालयमा पढाउदै गरेका अधिकारीलाई बिद्यार्थीहरुकै बीचबाट अपहरण गरी आधा घण्टाको दुरीमा रहेको च्यनपाटा भन्ने ठाउँमा उत्तिसको रुखमा बाँधेर टाउको र छातीमा गोली हानी हत्या गरेका थिए । घटनाको भोलीपल्ट ४ माघ २०५८ मा जिल्ला प्रहरी कार्यालय बेसीशहरमा श्रीमति इन्दिरा अधिकारीले उजुरी गरेकी थिइन् । तर, उक्त समयमा डर र त्रासका कारण किटानी जाहेर गर्न नसकेकाले २४ चैत २०६७ मा पीडित परिवारले पिस ब्रिगेड्स इन्टरनेशनल नेपालका प्रतिनिधि, एडभोकेसी फोरम र इन्सेकको सहयोगमा किटानी जाहेरीसहित मुद्दा दायर गरेका थिए । अहिलेसम्म उक्त मुद्दा प्रहरीले अगाडि बढाएको छैन ।

स्मृतिसभामा सर्वोदय क्याम्पस दुराडाँडाका अध्यक्ष ठाकुरप्रसाद तिवारी, शिक्षक कृष्ण बिहारी, पाणिनी संस्कृत मावि ब्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीप्रसाद अधिकारी, गुरुकुल आश्रामका अध्यक्ष अरुणकान्त अधिकारी, नेपाली कांग्रेस चन्द्रेश्वर गाउँ कार्य समितिका सभापति विश्वनाथ अधिकारी लगायतले दोषिमाथि कार्वाहीको माग गरेका थिए ।

युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>