समाचारबिहीबार, माघ ४, २०६९

एमाओवादी क्रान्तिको नयाँ बाटोमा !

हिमालखबर

पार्टी जिल्ला समिति रोल्पाको तेस्रो जिल्ला सम्मेलनमा सहभागी हुन ४ माघमा लिबाङ आएका दाहालले भने, “हामी क्रान्तिको जटिल मोडमा छौं, क्रान्तिको नयाँ बाटो बनाउन लागिएन भने हामी हार्छौं ।” उनले आफूहरु क्रान्तिको मौलिक रणनीति तयार पार्ने अभियानमा लागेको दाबी गर्दै शक्ति प्राप्त गर्न रोल्पा आएको बताए ।

दाहालले ‘प्रतिकृयावादीहरु’ले युद्धकालदेखि नै पार्टी विभाजनको कसरत गरेको भन्दै एकथरी विभाजित भइसकेको बताए । उनको संकेत नेकपा–माओवादीतर्फ थियो । उनले बैद्य पक्षलाई एकातिर क्रान्तिको नियम नबुझेको बताए भने अर्कोतर्फ आफ्नो भाषणको अधिकांश समय बैद्य पक्षलाई मुल पार्टीमा फर्कन पनि आह्वान गरिरहे । उनले भने, “तपाईहरु गल्ती महशुस गरेर घर फर्किनोस्, तपाईहरुले क्रान्ति बुझनु भएन ।” उनले पार्टी फुटाएर जगहँसाई गरेको भन्दै बैद्यले द्वन्द्वात्मक भौतिकवाद र मार्क्सवाद समेत नबुझेको आरोप लगाए ।

उक्त अवसरमा एकीकृत नेकपा माओवादी उपाध्यक्ष एवम् प्रधानमन्त्री बाबुराम भट्टाराईले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग बनाउनका लागि राष्ट्रपतिले अध्यादेश ल्याउन नदिएर रोकेको आरोप लगाए । “सत्य निरुपण र बेपत्ता आयोग बनाएर मात्र दोषीलाई कार्वाही गर्न सकिन्थ्यो,” उनले भने, “आयोग बन्न नदिई एउटा एउटा मुद्दा ब्युँताएर शान्ति प्रक्रिया भाँड्न खोजिएको छ ।”

प्रधानमन्त्री भट्टाराईले सरकारले केही गर्न सकेन भनेर आफूलाई बदनाम गर्न खोजिएको भन्दै सेना समायोजन हुनु आफ्नो महत्वपूर्ण उपलब्धि भएको दाबी गरे । रोल्पालाई बलिदान क्षेत्र विकास कार्यक्रम भनेर आफू अर्थमन्त्री हुँदा विकासका लागि पहल गरेको भट्टाराईले दाबी गरे ।

करिब १८ वर्ष पछि एकीकृत नेकपा माओवादी जिल्ला संगठन समिति रोल्पाको तेस्रो जिल्ला सम्मेलन ४ माघदेखि रोल्पाको सदरमुकाम लिबाङमा शुरु भएको छ । कार्यक्रममा गाउँ गाउँबाट जनता ओराल्ने र पार्टी फुट पछिको शक्ति प्रर्दशन गर्ने बताइए पनि कार्यक्रममा विगतमा जस्तो भीड भने थिएन ।

हीराबहादुर घर्तीमगर, रोल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>