समाचारबिहीबार, माघ ४, २०६९

सरकारद्वारा पाँचजनाको ज्यान मुद्दा फिर्ता

हिमालखबर

४ माघ साँझ प्रधनमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक आस्थाका आधारमा मुद्दा लगाइएको भन्दै जिल्ला अदालत दाङमा बिचाराधिन रहेको पाँच जनाको कर्तव्य ज्यानसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेको हो ।

कर्णेल रिहाइका लागि पहल गर्ने

त्यस्तै सरकारले बेलायतमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाको रिहाइका लागि कुटनीतिक पहल गर्ने निर्णय गरेको छ । महासेनानी लामाको रिहाइका लागि पैरवी गर्ने र धरौटीमा छुट्ने भए आवश्यक रकम उपलब्ध गराउने निर्णय गरेको बैठकपछि वन मन्त्री यदुवंश झाले जानकारी दिए ।

त्यसैगरी बैठकले अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न बैठकहरुमा भाग लिन विभागीय मन्त्री तथा योजना आयोगका उपाध्यक्षलाई अनुमति प्रदान गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>