समाचारशुक्रबार, माघ ५, २०६९
प्रधानमन्त्री र महान्यायाधिवक्तालाई अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश
सुर्खेत पुनरावेदन अदालतले दैलेख प्रहरी र सरकारी वकिलको कार्यालयलाई थापा हत्याको अनुसन्धान नगरेकोमा कारण सोधेर अनुसन्धान गर्न आदेश दिएपछि पनि प्रधानमन्त्री र महान्यायाधिवक्ताले अनुसन्धान रोक्न निर्देशन दिई अदालतको अवहेलना गरेको भन्दै कमल इटनीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश सुशीला कार्कीको इजलासले प्रधानमन्त्री भट्टराई र महान्यायाधिवक्ता प्रधानलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको सर्वोच्च अदालतका सहायक प्रवक्ता हेमन्त रावलले हिमालखबरलाई जानकारी दिए । “अबको सात दिनभित्र प्रधानमन्त्री र महान्यायाधिवक्ता बयानका लागि अदालतमा उपस्थित हुनुपर्ने छ,” रावलले भने ।
पत्रकार डेकेन्द्रराज थापाको हत्या अनुसन्धान गर्दा शान्ति प्रक्रिया भाँडिने तर्क गर्दै प्रधानमन्त्रीले सार्वजनिक रुपमै उक्त अनुसन्धान रोक्नुपर्ने बताउँदै आएका छन् भने महान्यायाधिवक्ता प्रधानले दैलेखका सरकारी वकिल कार्यालय र प्रहरीलाई मुद्दाको अनुसन्धान रोक्न र अभियोजन समेत नगर्न लिखित निर्देशन दिएका थिए ।
