थप समाचारशनिबार, माघ ६, २०६९
प्रहरी बनाइदिन्छु भनी ठग्ने पक्राउ
नेपाल प्रहरीमा खुलेको प्रहरी भर्नाका लागि सुर्खेत छिन्चु—१ का नरबहादुर मल्लसँग रु एक लाख असुलेको आरोपमा नेपालगन्ज—१ धम्बोझी निवासी ६३ वर्षीय लालबहादुर खत्री ५ माघ साँझ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले अभियुक्तविरुद्ध ठगीको मुद्दा दर्ताको प्रक्रियासमेत अघि बढाएको जिल्ला प्रहरी प्रमुख विक्रमसिंह थापाले बताए । रासस
