समाचारशनिबार, माघ ६, २०६९

शान्ति सम्झौताका कागज च्यातिन सक्छनः दाहाल

रासस

६ माघमा एमाओवादी कास्कीको पाँचौ सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई असफल पार्न चाहने जाली फटाहा र सामन्ती शोषकले देशलाई बर्बादीतिर लान खोजेको आरोप लगाए । उनले जनता र पार्टी एकताले मात्र ठूला परिवर्तन सम्भव हुने विचार व्यक्त गर्दै थपे, “हेटौंडामा हुने पार्टीको महाधिवेशनले परिवर्तनलाई संस्थागत गर्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने रणनीति तय गर्नेछ ।” फुटेर गएको नेकपा–माओवादीतर्फ संकेत गर्दै उनले पार्टी विभाजनले प्रतिक्रियावादी र फटाहालाई हँसाएको बताए ।

एमाओवादीका उपाध्यक्ष एवं प्रधानमन्त्री  बाबुराम भट्टराईले द्वन्द्वकालका विषयलाई एक एक गरी टपक्क टिपेर विस्तृत शान्ति सम्झौता भाँड्ने काम भइरहेको बताए । द्वन्द्वकालमा मान्छे मारिएका र बेपत्ता बनाइएका घटनाको छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुनुपर्नेमा जोड दिंदै भट्टराईले भने, “केही व्यक्तिले केही मुद्दा षडयन्त्रमूलक ढङ्गले उचालेर केहीलाई विदेशमा गिरफ्तार गर्न लगाउने र केहीलाई देशभित्रै बढाइचढाई कारबाही गर्नखोजेका छन् ।” उनले सरकारले कहिल्यै दोषीलाई कारबाही गर्नहुन्न नभनेको दाबी गरे ।

पार्टीका अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले तीन चार दिनभित्र राष्ट्रिय सहमति भयो भने मात्रै आगामी जेठ १५ गतेभित्र नयाँ संविधानसभाको निर्वाचन गर्न सम्भव भएको बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>