समाचारआइतबार, माघ ७, २०६९

आन्दोलनले दाहाल आत्तिएः महत

हिमालखबर

दाहालले ६ माघमा पोखरमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा एमाओवादीलाई घेरामा पारेर विपक्षी दलहरुले चुनवा हुन नदिने षडयन्त्र गरेको भन्दै शान्तिसम्झौताका कागज च्यातिने चेतावनी दिएका थिए । नेता महतले त्यो चेतावनी जनतालाई भ्रममा पार्ने हल्ला भएको टिप्पणी गरे ।

७ माघ विहान दाङ्को तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा महतले विपक्षीहरुको आन्दोलन नरोकिने र आन्दोलनकै बलमा एमाओवादीलाई सरकार छोड्न बाध्य पारिने दाबी गरे । उनले भने, “आन्दोलन शुरु भए लगत्तै माओवादी नेताहरु छटपटाउन थालेका छन् ।” उनले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरण सत्यनिरुपण तथा मेलमिलाप आयोगसँग कुनै सम्बन्ध नहुने समेत प्रष्ट पारे ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले भट्टराई नेतृत्वको सरकार विदेशीको इसारामा चलेको आरोप लगाउँदै एमाओवादी चुनाव नगराएरै सत्तामा टिकिरिहने बाहाना खोजिरहेको दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>