समाचारआइतबार, माघ ७, २०६९

पाल्पाको रामपुरमा कर्फ्यु

हिमालखबर

सोनुको हत्या उनकै श्रीमान ओम प्रसाद श्रेष्ठले गरेको आफन्तको आरोप छ । सोनुकी दिदी निर्मला कुवँरले प्रहरीमा तीन पटक जाहेरी दिदा पनि प्रहरीले अनुसन्धान नगरी अभियुक्तलाई उन्मुक्ति दिन खोजेको आरोप लगाएकी छन् ।

आक्रोशित आफन्तले इलाका प्रहरी कार्यालय रामपुरमा तोडफोड गर्नुका साथै ढुङ्गामुढा समेत गरेका छन् । ७ माघ बिहानैदेखि भएको प्रर्दशनलाई नियन्त्रणमा लिन प्रहरीले ६० राउण्ड हवाईं फायर र २० राउण्ड अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले चलाएको गोली लागेर रामपुर १ की तारा श्रेष्ठ घाईते भएकी छिन् । उनको दायाँ घुँडामा गोली लागेको छ ।

प्रदर्शन नियन्त्रणबाहिर गई ढुंगा मुढा र आगजनी समेत हुन थालेपछि दिउँसो तीन बजेदेखि रामपुर बजारमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

४ पुसदेखि बेपत्ता सोनुको शव ६ माघ बिहान स्थानीय ज्याग्दीमा पर्ने कालीगण्डकी नदीको किनारमा बोराभित्र फेला परेको थियो । बोरामा पोको पारेर ढुङगा समेत राखी फालिएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

रामपुरबजार सदरमुकाम तानसेनदेखि ७५ किलोमिटर पूर्वमा पर्दछ ।
देब पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>