समाचारसोमबार, माघ ८, २०६९
सर्वोच्चमा ६ न्यायाधीश मात्रै
सर्वोच्चका अस्थायी न्यायाधीश प्रकाश वस्तीको ६ वर्षे कार्यकाल ८ माघमा सकिन लागेपछि अब प्रधानन्यायाधीश सहित ६ जना मात्रै न्यायाधीश बाँकी हुने भएका हुन् ।
संसदीय सुनुवाई विना न्यायाधीश नियुक्त गर्न नमिल्ने कानूनी प्रावधान अनुसार सर्वोच्च अदालत लगायत देशका अन्य संवैधानिक निकायहरु रिक्त हुँदै गएका छन् । संसद नभएको बेला वैकल्पिक ब्यवस्था गरी नियुक्ति गर्ने भनिए पनि दलहरुबीच सहमति नहुँदा त्यो पनि हुन सकेको छैन ।
