समाचारसोमबार, माघ ८, २०६९
डेकेन्द्र थापा हत्याको स्थलगत अनुसन्धान शुरु
स्थलगत अनुसन्धानको लागि प्रहरीको टोली ८ माघमा दैलेखको उत्तरपूर्वी द्वारी गाउँ पुगेको छ । डेकेन्द्र हत्याको अनुसन्धानको लागि अनुसन्धान अधिकृत विनोद शर्मासहितको एक टोली त्यसतर्फ गएको हो । द्वारीमा कम्तिमा तीन दिन बसेर अनुसन्धान गरिने अनुसन्धान अधिकृत शर्माले जानकारी दिए । उनले भने, “आजदेखि तीन दिन घटनाका साक्षीसँग पनि सोधपुछ गरिनुका साथै अन्य अनुसन्धान गरिनेछ ।”
दैलेख प्रहरीले पत्रकार डेकेन्द्रका अन्य फरार अभियुक्त खोजतलास गर्न जिल्ला बाहिर प्रहरी परिचालन गरेको जनाएको छ ।
