समाचारसोमबार, माघ ८, २०६९

पाल्पाको रामपुरमा कर्फ्यु जारी

हिमालखबर

एक महिनादेखि बेपत्ता पाल्पा रामपुर गाविस ५ बस्ने सोनु खनाल श्रेष्ठ कालीगण्डकी नदीको ज्याग्दी परेवाघाट २६ माघ बिहान फेला परेपछि अनुसन्धान फितलो भएको भन्दै स्थानीयबासीन्दाले प्रहरी कार्यालयमा तोडफोड गर्दै प्रदर्शन गरेका थिए । हत्याका आरोपी सोनुका श्रीमान् ओमप्रसाद श्रेष्ठले आरोप स्वीकार नगरेको र प्रहरीले पनि गम्भीर भएर अनुसन्धान नभएको भन्दै प्रहरीविरुद्ध उत्रिएका स्थानीयबासीको प्रदर्शन नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले २७ माघ तीन बजेदेखि अनिश्चित कालिन कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीले हानेको गोली लागि एकजना महिला घाइते भएकी छन् । सोनु पुष ४ गतेदेखि बेपत्ता भएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>