समाचारसोमबार, माघ ८, २०६९

सहमतिपछि रामपुरमा कर्फ्यु हट्यो

हिमालखबर

रामपुरमा हत्याको विरोधमा महिलाहरुले गरेको प्रदर्शन नियन्त्रण गर्न नसक्दा स्थानीय प्रशासनले कर्फ्यु नै लगाउनु पर्यो ।

शवको  दाहसंस्कारपछि मात्रै प्रशासनले कर्फ्यु हटाउने सहमति भए बमोजिम बेलुका साढे ६ बजेदेखी कर्फ्यु हटाइएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज वरालले जानकारी दिए । शव फेला परेको तीन दिनपछि मृतककी ७९ बर्षीया सासु ढक कुमारी श्रेष्ठले शव बुझी ८ माघ वेलुका काली गण्डकी नदी किनारमा अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ ।

कर्फ्यु हटाउनु अघि मृतकका आफन्त र स्थानीय प्रशासनबीच शवको अन्तिम संस्कारपछि कर्फ्यु हटाउने, घटनाको अनुसन्धान प्रगति प्रहरीले पीडितपक्षलाई जानकारी गराउने, घाईतेहरु ताराबहादुर श्रेष्ठ र शिव आचार्यको उपचारका लागि जिल्ला सुरक्षा संयन्त्रको बैठक बसी मन्त्रालयमा सिफारिस गर्ने, प्रहरीले अनुसन्धान गरी पाँच दिनभित्र पीडित पक्षलाई सूचना दिने, हत्या प्रकरण र प्रहरी कार्यालय तोडोफोडबारे छानविन गर्न क्षेत्रीय प्रहरी कार्यालय पोखराका एसपी मनोज न्यौपानेको नेतृत्वमा समिति गठन गर्ने सहमति भएको पाल्पाका डिएसपी स्थानेश्वर रेग्मीले बताए ।

पुस ४ गतेदेखि बेपत्ता रामपुर ५ की सोनु श्रेष्ठको शव शनिबार बिहान ११ बजे कालीगण्डकी किनारमा भेटिएको थियो । हत्या प्रकरणलाई लिएर केहि दिनदेखि रामपुरमा विरोधका कार्यक्रम भएका थिए । आईतबार स्थानीयले प्रहरी कार्यालय नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेपछि स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले रामपुर बजारमा ७ माघ दिउँसो तीन बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।

प्रहरीले मृतकका पति ओम श्रेष्ठ र उनकी जेठी पत्नीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ८ माघ पनि दिनभर स्थानीय र पीडित पक्षले रामपुर बजारमा प्रदर्शन गरेका थिए ।
देव पचभैया, रामपुर (पाल्पा)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>