समाचारसोमबार, माघ ८, २०६९

‘दाहालको प्रस्ताव चुनाव भाँडने षडयन्त्र’

हिमालखबर

अध्यक्ष दाहालले आफैं सहमतिको प्रधानमन्त्री बन्न सार्वजनिक कार्यक्रम मार्फत प्रस्ताव गरेकोमा आपत्ति जनाउँदै कोइरालाले भने, “यो निर्वाचन हुन नदिने षडयन्त्रमात्रै हो ।”

प्रेस युनियन चितवनले ८ माघमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोइरालाले दाहालको आग्रहबाट आफू अचम्ममा परेको बताए । उनले भने, “पहिले आफैं मलाई (पुष्पकमल दाहाललाई) प्रधानमन्त्री चाहिएको छैन भन्ने अहिले एक्कासी सहमतीय प्रधानमन्त्री बनाउ भन्ने कुरा सुन्दा निर्वाचन नचाहेको भन्ने प्रष्ट छ ।”

सहमति नभए शान्ति सम्झौता च्यातेर विद्रोह गर्ने र अन्तिम धक्का दिने जस्ता दाहालका अभिव्यक्तिले कुनै असर नपार्ने भन्दै कोइरालाले लोकतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्तमा आफूहरू कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे । उनले आन्दोलनले राष्ट्रपतिलाई पनि गम्भीरताका साथ अघि बढ्न दबाब पुग्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>