समाचारमंगलबार, माघ ९, २०६९

दाहालको भनाई ठट्टा मात्रै: भट्टराई

हिमालखबर

८ माघमा गोरखामा दाहालले आफू प्रधानमन्त्री बन्न तयार रहेको बताएका थिए । तस्बीर: रासस

९ माघमा एमाओवादी ताप्लेजुङको जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष दाहालसँगै सदरमुकाम फुङलिङ पुगेका  प्रधानमन्त्री बाबुराम भट्टराईले पोखरामा दाहालले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा गरेको प्रस्ताव हाँसो मजाक भएको बताए । ८ माघमा गोरखा जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा पुगेका  दाहालले नयाँ विकल्पका रुपमा आफू प्रधानमन्त्री हुन तयार रहेको बताएका थिए ।

प्रधानमन्त्री भट्टराईले ताप्लेजुङ्मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, “अहिले देशलाई चाँडो निकास दिन सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन, बैधानिक निकाय कसरी प्राप्त हुन्छ भन्ने मुल कुरो हो ।” उनले आफू नै वैधानिक प्रधानमन्त्री भएको बताए ।

भट्टराईले ठूला दलहरुले सहमतीय सरकारको नेतृत्व गर्न नसक्ने भन्दै साना दल तथा स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री दिने प्रस्ताब ल्याएको पनि बताए । उनले जेठ महिनाभित्र संविधान सभाको निर्वाचन गराउन अनिवार्य रहेको भन्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्न सरकार प्रतिवद्ध रहेको दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>