समाचारमंगलबार, माघ ९, २०६९
आन्दोलन सशक्त पार्न कोइरालाको निर्देशन
९ माघमा चितवनमा कार्यकर्ताहरुसँगको भेटमा सभापति कोइरालाले प्रधानमन्त्री भट्टराईलाई सहमतिका लागि आग्रह गर्दा बेवास्ता गरिरहेकाले पनि आन्दोलनको आवश्यकता रहेको बताए । उनले घोषित पहिलो चरणको आन्दोलनपछि सशक्त आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।
सहमतीय सरकार गठनका लागि प्रधानमन्त्री भट्टराई बाधक बनेकाले यो सरकारको वहिर्गमन नभएसम्म मुलुकले निकास नपाउने कोइरालाको भनाई थियो । नेपाली कांग्रेसले आन्दोलन सशक्त पार्न आफ्ना केन्द्रीय सदस्यहरुलाई ७५ वटै जिल्लामा खटाउने निर्णय ८ माघमै गरिसकेको छ ।
