समाचारबिहीबार, माघ ११, २०६९
सात मन्त्रीले सम्पत्ति विवरण बुझाएनन्
सम्पत्ति विवरण नबुझाउनेमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटी, शान्ति मन्त्री टोपबहादुर रायमाझी, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार मन्त्री राजकिशोर यादव, विज्ञान मन्त्री केशवमान शाक्य र वन मन्त्री यदुवंश झा रहेका छन् । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले ११ माघमा पत्रकार सम्मेलन गरेर सम्पत्ति विवरण नबुझाउनेहरुको नाम सार्वजनिक गरेको हो ।
केन्द्रका अनुसार राजदुतहरु डा. महेशकुमार मास्के(चीन), राममणी पोखरेल(बेल्जियम) र हरिकुमार श्रेष्ठ(बंगलादेश)ले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।
यसैगरी सम्पत्ति विवरण नबुझाउने सहसचिवहरुमा मोहनबहादुर कार्की(महान्याधिवक्ताको कार्यालय), नवराज भण्डारी(सामान्य प्रशासन), नारायणप्रसाद श्रेष्ठ(पुनरावेदन सरकारी वकिल कार्यालय, नेपालगञ्ज), हरि पौडेल(महिला, वालवालिका तथा समाज कल्याण), गोविन्दप्रसाद शर्मा(कृषि सूचना तथा सञ्चार केन्द्र), वीरबहादुर डाँगी क्षेत्री(जिल्ला अदालत रोल्पा), गणेश राई(सामान्य प्रशासन), चन्द्रप्रसाद दाहाल(शान्ति मन्त्रालय) र तनुकलाल यादव(सडक विभाग पुल) रहेका छन् ।
काठमाडौंसहित १८ नगरपालिका र ३३ जिल्ला विकास समितिबाट पनि सम्पत्ति विवरण नआएको केन्द्रले जनाएको छ ।
