खेलकुदसोमबार, माघ १५, २०६९
थ्रीस्टारसँग आरसिटी पराजित
पोखरा रंगशालामा १५ माघमा निर्धारित समयमा १–१ गोलको बराबरी खेलेको दुबै टीमले ३० मिनेटको अतिरिक्त समयमा गोल गर्न नसकेपछि खेल पेनाल्टी सुट आउटबाट टुङगो लगाइएको थियो । फेमी जोशुको गोल मद्दतले १८ औं मिनेटमा थ्रीस्टारले अग्रता लिए पनि ६२ औं मिनेटमा राजकुमार घिसिङको गोलले आरसिटी खेलमा फर्किएको थियो ।
नेपाल आर्मी र जावलाखेल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
