समाचारबुधबार, माघ १७, २०६९

कांग्रेस र एमालेले गर्दा संविधान नबनेको दाहालको आरोप

हिमालखबर

विपक्षी दलहरुले काठमाडौंमा विरोध सभा गरेलगत्तैसरकारमा रहेका दलहरुले १७ माघमा काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई संबोधन गर्दै अध्यक्ष दाहालले नेपाली जनताको मुक्ति र राज्य सत्तामा पहुँच बनाउनकै लागि सत्तामा सहभागी दलहरूको गठबन्धन जन्मिएको दाबी गरे । जनतालाई अधिकार सम्पन्न बनाउन र देशलाई नयाँ दिशामा लैजान नयाँ राष्ट्रिय एकता आवश्यकता भएकोले गठबन्धनको अवधारणा आएको र गठबन्धनले मुलुकलाई नयाँ निकास दिने दाहालको दाबी छ ।

सभामा मधेशी मोर्चाका संयोजक विजयकुमार गच्छदारले कांग्रेस र एमाले सङ्घीयता विरोधी भएको आरोप लगाउँदै सहमतिको सरकार गठनका लागि प्याकेजमा सहमति गर्नुपर्ने बताए । एकीकृत माओवादी र मधेशी मोर्चालाई मात्रै दोषी देखाउने प्रयास गरेर विपक्षी दलहरूले छुुटकारा नपाउने उनको दाबी छ । गच्छदारले वर्तमान सरकारले नै संविधान सभाको चुनाव गराउने पनि दाबी गरे । सभामा गठबन्धनका सबै दलका नेताहरूले संबोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>