समाचारबिहीबार, माघ १८, २०६९

आन्दोलनकै बलमा सरकार ढाल्ने देउवाको भनाई

हिमालखबर

विराटनगर विमानस्थलमा देउवालाई स्वागत गर्दै उनका कार्यकर्ता ।

प्रधानमन्त्री भट्टराईले दलहरुसँग छलफल नै नगरी चुनावको घोषणा गरेको र त्यो चुनाव पनि गराउन नसकेको भन्दै नेता देउवाले न्यालायलय, निर्वाचन आयोग जस्ता संवैधानिक निकाय समेत खाली गराई निरंकुश शासन चलाउन खोजेको आरोप लगाए । उनले राष्ट्रहितका लागि वर्तमान सरकारको बहिर्गमन जरुरी रहेकोले विपक्षी दलहरुले आन्दोलन गर्नु परेको दाबी गरे ।

संविधान सभा/व्यवस्थापिका संसद पुनःस्थापना हुन नसक्ने भन्दै देउवाले स्वतन्त्र ब्यक्तिलाई प्रधानमन्त्री बनाउने एमाओवादीको प्रस्ताव पनि मान्न नसकिने बताए । उनले कांग्रेस पार्टी सभापति सुशील कोइरालाकै नेतृत्वमा सहमतिको सरकार गठन गरी छिटो निर्वाचनमा जानु सबैका लागि हितकर हुनेमा जोड दिएका थिए ।
कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>