समाचारशुक्रबार, माघ १९, २०६९
दैलेखको दुल्लुमा विपक्षीहरुको शक्ति प्रदर्शन
१९ माघमा दुल्लुमा हुने सभामा विपक्षी दलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । सभालाई नेपाली कांगे्रसका सभापति सुशील कोइराला, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा तथा केही युवा नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रमका लागि नेताहरु १८ माग साँझै दैलेख पुगिसकेका छन् । सभा बिहान ११ बजेपछि शुरु हुने तयारी गरिएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाको संयोजनमा आज बाग्लुङमा विपक्षीहरुले प्रदर्शन गर्देछन् । दलहरुले २६ माघमा राजधानीमा संयुक्त विरोध सभा गर्ने भएका छन् ।
यसैक्रममा विपक्षीहरुको उपत्यका आन्दोलन परिचालन कार्यदलको बैठक आज दिउँसो १ बजे काङग्रेस पार्टी कार्यालयमा सानेपामा बस्दैछ । त्यसैगरी नेकपा एमाले सबै जनवर्गिय संगठनहरुको संयुक्त बैठक पनि बस्दैछ ।
