समाचारशुक्रबार, माघ १९, २०६९
मुलुक भिडन्तको अवस्थामाः गौतम
विपक्षी दलहरुको आन्दोलनलाई निस्तेज पार्न सत्तारुढ दलहरु जनपरिचालनका नाममा सडकमा उत्रेपछि मुलुकमा भिडन्तको सम्भावना बढेको नेता गौतमको भनाई छ ।
पे्रस चौतारी रुपन्देहीले १९ माघमा बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता गौतमले एकीकृत नेकपा माओवादीका कारण देश असफल राष्ट्र बन्ने जोखिम रहेकोले विपक्षी दलहरुले आन्दोलन गर्नुपरेको बताए । एमालेले कुनै पनि राष्ट्रघातीका अगाडि घुँडा नटेक्ने भन्दै आन्दोलबाटै माओवादीलाई सहमतिमा ल्याउने दाबी गरे ।
उनले एकीकृत माओवादीले संविधानसभा विघटन गराएर संवैधानिक रिक्तताको फाइदा उठाउँदै सत्ता कब्जा गरी त्यसैलाई जनवादी क्रान्ति सफल भएको भन्ने भ्रम छरे पनि उनीहरु फँस्दै गएकोसमेत बताएका थिए ।
