थप समाचारमंगलबार, माघ २३, २०६९

बंगलादेशका विपक्षी नेतालाई जन्म कैद

हिमालखबर

जमात–ए–इस्लामी पार्टीका ६४ वर्षीय बरिष्ठ नेता कादिर मुल्लामाथि सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र हुँदाको आन्दोलनका बेला आमहत्या लगायत मानवता विरोधी अपराधहरुमा संलग्न रहेको आरोप लागेको थियो ।

युद्ध अपराध सम्बन्धी सुनुवाई गर्ने अदालत ‘युद्ध अपराध ट्राइब्युनल’ ले उक्त सजाय सुनाएको हो । यद्दपी यो अदालतलाई संयुक्त राष्ट्रसंघले मान्यता दिएको छैन र देशभित्र पनि विवादास्पद छ । बंगलादेशको स्वतन्त्रता संग्राममा ३० लाख व्यक्ति मारिएको अनुमान छ ।

ट्राइब्युनलमा मुद्दा चलाइएका अभियुक्तहरुमाथि सन् १९७१ मा पाकिस्तानी सैन्य बलसँग मिलेर स्वतन्त्रता आन्दोलनमा बाधा पु¥याएको र युद्ध अपराधमा सहभागी भएको आरोप लगाइएको छ । यसरी मुद्दा चलाइएका १२ अभियुक्तहरुमध्ये धेरै जसो जमात–ए–इस्लामीका सदस्यहरु छन् । यसअघि एकजनालाई मृत्यु दण्डको सजाय सुनाई सकिएको छ ।

जमात–ए–इस्लामीले अदालतको फैसलालाई राजनीति प्रेरित भन्दै विरोध गरेको छ ।

प्रधानमन्त्री शेख हसीनले सन् २०१० मा युद्ध अपराधका अभियुक्तहरुका विरुद्ध मुद्दा चलाउने प्रक्रिया शुरु गरेकी थिइन् ।
एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>