समाचारशुक्रबार, माघ २६, २०६९

सरकारको दिनगन्ति शुरुः कोइराला

हिमालखबर

तस्बीर: रासस

बाबुराम सरकार अब धेरै नटिक्ने भन्दै उनले आन्दोलनकै भरमा सरकारलाई परास्त गर्ने बताए । २६ माघमा काठमाडौंमा आयोजित जनसभालाई सम्बोधन गर्दै सभापति कोइरालाले जनताका अधिकार र प्रजातन्त्रसँग खेलवाड गर्नेहरु आफैं समाप्त भएको विश्वइतिहास भएको बताए । “अहिले कुन डिजाइनमा मुलुक चलेको छ ?” उनले प्रश्न गरे, “माओवादी र मधेशवादी साथीहरु के डिजाइन गर्दै हुनुहुन्छ ?”

कोइरालाले नेपाल अहिलेजस्तो कमजोर कहिल्यै नभएको बताए । उनले आफू जिल्ला जिल्लामा जाँदा जनतामा राष्ट्रियताप्रति बढी चिन्ता भएको बताउँदै तानाशाहहरु टिक्न नसक्ने बताए । उनले अगाडि भने, “सरकारको काउण्ट डाउन शुरु भएको छ”।

उनले द्वन्द्वकालका घटनामा संलग्न दोषीलाई आममाफी हुन नसक्ने बताए । “तपाइँहरुले द्वन्द्वकालको घटनामा माफीको कुरा गर्नुहुन्छ, त्यो संभव छैन,” कोइरालाले भने । उनले सरकारले संविधान सभा विघटन गराएको, सहमतिको राजनीति विगारेको र मुलुकलाई भ्रष्टाचारको दलदलमा फसाएको आरोप लगाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>